Comments Add Comment

कार दुर्घटनामा एनबीए हिरो बटलरको मृत्यु

१८ माघ, काठमाडौं । पूर्व बास्केटबल खेलाडी एवं रसुल एनबीए हिरो बटलर र उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा निधन भएको छ ।

३८ वर्षीय बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए तर, उनको कार नियमित भन्दा दुई-तीन गुणा तीव्र गतिमा थियो । अनियन्त्रित कारले पार्किङ मिटरलाई हानेपछि उछिटि्टएर भित्तामा थुप्रै पटक ठोक्किएको थियो ।

बटलरले विभिन्न क्लबबाट एनबीएमा खेलेका थिए ।

उनकी पत्नी ३१ वर्षीया लिया गायिका हुन्, जो २००४ मा अमेरिकन आइडलमा पनि देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment