+
+

वडा कार्यालयको ताला ९ दिनपछि खुल्यो

रासस रासस
२०७४ माघ १८ गते १०:३२
प्रतीकात्मक तस्वीर

१८ माघ, इलाम । इलाम नगरपालिका–१२ साङरुम्वा वडा कार्यालयमा लगाइएको तालाबन्दी नौ दिनपछि खुलेको छ ।

नगरपालिकाबाट विनियोजन भएको रु २० लाखबाट ढोलेदेवी–इन्टेक जाने सडकमा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरी समिति बनाएको भन्दै गठबन्धनले तालाबन्दी गरेको थियो ।

वडाध्यक्षको नेतृत्वमा बुधबार वार्ता गरी तालाबन्दी खोलिएको आन्दोलन समितिका अध्यक्ष भरत घिमिरेले बताए ।

आगामी दिनमा बाम गठबन्धनलाई समेत समावेश गरी छलफल गर्ने सहमतिपछि तालाबन्दी खोलिएको हो ।

नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशनलाई मात्र समेटेर समिति बनाएको भन्दै वाम गठबन्धनले माघ ९ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?