Comments Add Comment

‘शेरबहादुर’को सस्पेन्स-थ्रिलर पाटोलाई प्रिमियरमा रुचाइयो


भोलीबाट रिलिज हुन लागेको चलचित्र ‘शेरबहादुर’को प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिती थियो । चलचित्र हेरेपछि सबैले यसको सम्पेन्स पाटो र मेकिङको खुलेरै प्रशंसा गरेका छन् ।

चलचित्र हेर्न पुगेका हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले चलचित्रका शिर्ष पात्र सुनिल थापाको अभिनयको तारिफ गरे । निर्देशक दीपाश्री निरौलाले चलचित्र उत्कृष्ट रहेको बताइन् । नायिका करिश्मा मानन्धरले आफूले लिएको आशा भन्दा धेरै माथिल्लो स्तरमा चलचित्र बनेको बताइन् ।

यो चलचित्रमा सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रविन्द् झा लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक आर राजवंशी तथा क्रियटिभ निर्देशकको भुमिका निभाएका प्रदिप भट्टराईको कामलाई पनि दर्शकले तारिफ गरे । चलचित्रको सस्पेन्स थ्रिलर पाटोलाई रुचाइएको छ । गौरी शंकर धुजुले चलचित्र निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment