Comments Add Comment

प्रदेश राजधानी हेटौंडाबाट नसार्न कांग्रेस सांसदको चेतावनी

१८ माघ, हेटौंडा । प्रदेश सांसद इन्द्रबहादुर बानियाँले प्रदेश ३ को राजधानी हेटौंडाबाट अन्यत्र लैजाने प्रयास नगर्न चेतावनी दिएका छन् ।

प्रदेशसभाको पहिलो बैठकमा बिहीबार बोल्दै नेपाली कांग्रेसबाट निर्वाचित बानियाँले प्रदेश राजधानी सार्न खोजेमा आन्दोलन हुने र संघीयतामाथि नै प्रश्न उठ्ने बताएका हुन् । प्रदेशलाई सम्बृद्ध बनाउने हो भने बहुमतका आधारमा निर्णय लाद्न नहुने भन्दै उनले ठूला दलहरुले  साना दलसँग सोधेर र यथार्थ बुझेर काम गर्नुपर्ने बताए । ।

नयाँ सरकार गठन गर्दा पनि सबैलाई मिलाएर लैजानुपर्ने उनले बताए । प्रदेश ३ को राजधानी मकवानपुर उपयुक्त भएको दावी गर्दै उनले अस्थायी मुकाम तोकेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment