
१९ माघ, काठमाडौं । अघिल्लो साताको बिहीबार दरबारमार्गको एक होटलमा सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्ट आएको छ ।
रिपोर्टमा सामुहिक बलात्कार भएको ‘इभिडेन्स’ नभेटिएको उनको स्वास्थ्य परीक्षणमा संलग्न स्रोतले अनलाइनखबरलाई बतायो ।
स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बलात्कृत भएको हो भन्ने इभिडेन्स केही फेला परेन । पीडित भनिएको युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ भएको देखिन्छ । त्यसैले पनि इभिडेन्स फेला नपरेको हुन सक्छ ।’
‘स्वास्थ्य परीक्षणका क्रममा दिएको बयानले भने बलात्कृत भएको हो कि जस्तो सङ्केत हुन्छ’, स्रोतले भन्यो ।
यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं प्रहरी परिसरले बनाएको छानविन टोलीका एक सदस्यले भने मेडिकल रिपोर्टको आधारमा मात्र बलात्कार भए नभएको भन्न नसकिने बताए ।
‘मेडिकल रिपोर्टकै आधारमा बलात्कार भयो कि भएन भन्ने होइन’, ती अधिकारीले अनलाइनखबरसँग भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’
प्रतिक्रिया 4