Comments Add Comment

महोत्तरी र धुनुषामा हतियारसहित ४ जना पक्राउ

साङ्केतिक तस्वीर

जनकपुर, १९ माघ । महोत्तरी र धनुषाको छुट्टाछुट्टै स्थानबाट विभिन्न हतियारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको बर्दिवासबाट ४ थान हतियारसहित ३ जना र धनुषाको ढल्केबरबाट एउटा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका हुन् ।

महोत्तरीको बर्दिवासबाट पक्राउ परेकाहरुको नाम खुलाइएको छैन । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक बासुदेव झाले बताए ।

ढल्केबरबाट हतियारसहित पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नं. ५ का २२ वर्षीय जंगे भन्ने जंगबहादुर घिसिङ्ग रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले उनको साथबाट कटुवा पेस्तोल र आरपी ३०३ लेखिएको गोली एक राउण्ड बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीको टोलीले घिसिङ्गमाथि शंका लागेपछि चेकजाँच गर्दा हतियार बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment