Comments Add Comment

ढोरपाटन महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यु डायमण्ड भिड्ने

१९ माघ, काठमाडौं । १३ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल खेल एपीएफ र न्यु डायमण्ड क्लबबीच हुने भएको छ ।

शुक्रबार दोहोरो जित निकालेको एपीएफले १६ खेलबाट अपराजित रहदै ४७ अंक जोडेर फाइनल पुगेको हो । त्यस्तै फाइनल पुगेको न्यु डायमण्डले १६ खेलबाट ४६ अंक जोडेको छ ।

पहिलो लिगमा एपीएफसँग ३-२ को सेटमा पराजित डायमण्डलाई उपाधि जित्न शनिबारको खेल जित्नैपर्ने दबाबमा छ । एपीएफ भने न्यु डायमण्डसँग ३-२ को सेटमा हारे पनि उपाधि बिजेता बन्नेछ ।

न्यु डायमण्डले उपाधि जित्नका लागि कम्तीमा ३-१ को सेटमा एपीएफलाई हराउनु पर्नेछ । प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार रुपैयाँ पाउँछन् ।

शुक्रबार भएका लिगचरणका खेलमा एपीएफले श्रीगाउँलाई र टप्स उच्च माविलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । नयाँ बसपार्कस्थित ढोरपाटन प्रशिक्षण क्लबमा भएको शुक्रबारका खेलमा आर्मी र पुलिसले पनि जित निकालेका छन् ।

प्रतियोगितामा पुलिसले १५ खेलबाट ३३ अंक जोडेको छ । टप्सको १६ खेलबाट ३३ अंक जोडेको छ । त्यस्तै आर्मीको १६ खेलबाट २७ अंक रहेको छ । प्रतियोगितामा तेस्रो हुनेले ८० हजार, चौथौ हुनेले ५० हजार, पाचौंले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार रुपैयाँ पाउँछन् ।

प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावर म्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटर पाउने छन् ।

प्रतियोगिताका बेष्ट स्पाइकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट प्रशिक्षकले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शकमध्ये लक्की ‘ड्र’ बाट एक जनाले दर्शकले पावरम्याक्स स्कुटर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment