Comments Add Comment

मुलुक समृद्धिको बाटोमा अघि बढ्यो : राष्ट्रपति भण्डारी

२१ माघ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय, प्रदेश र प्रतिनिधिसिभाको निर्वाचनपछि मुलुक समृद्धिको दिशामा अघि बढेको बताएकी छन् ।

मकवानपुर थाहा नगरपालिका-३ धट्टेचौरको जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढेको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले शिक्षाबाट वञ्चित बालबालिकालाई बिद्यालयको पहुँचमा पुर्‍याएर शिक्षित समाज निर्माणमा ध्यान दिनुपर्ने धारणा राखिन् । उनले उक्त विद्यालयमा पढेका विद्यार्थीले विभिन्न क्षेत्रमा ख्याति आर्जन गर्दै राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा आफूले गरेको बताइन् ।

आइतबार नै राष्ट्रपति भण्डारीले २०५९ सालमा एसएलसी उतीर्ण विद्यार्थीको सहयोगमा विद्यालयमा निर्मित स्वर्ण स्मारक स्तम्भको अनावरण र विद्यालयको कृषि प्रयोगशालाको उद्घाटन गरिन् ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष झलकचन्द्र विष्टलाई मरणेपरान्त सम्मान तथा पूर्वप्रधानध्यापकहरु तुल्सी थापा र शिक्षक शिवराज ढकाललाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment