Comments Add Comment

एडिलेड स्ट्राइकर्सले जित्यो विग ब्यास लिग

२१ माघ, काठमाडौं । जेक वेदरोल्डको शतकको मद्दतमा एडिलेड स्ट्राइकर्सले होबार्टलाई २५ रनले हराएर विग ब्यास लिगको उपाधि जितेको छ ।

ओपनर वेदरोल्डले ११५ रन बनाएपछि एडिलेडले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो । उनले ५८ बलमा शतक बनाएका थिए । ट्राभिस हेडले ४४ रन बनाए ।

जवाफी ब्याटिङ गरेको होबार्टका डासी सर्ट र जोर्ज बेलीले टोलीलाई जितको आश देखाएका थिए । मात्र ६ रन जोड्दा पहिलो विकेट गुमाएको उसका सर्ट र बेलीले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरे । बेली ४६ रनमा आउट भए । चौथो विकेटका रुपमा आउट भएका सर्टले ६८ रन बनाए ।

होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । उसलाई दबावमा राख्ने क्रममा पिटर सिडलले १७ रन खर्चिएर ३ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment