Comments Add Comment

विराटलाई छाडेर अनुष्काले यी हिरोसँग भ्यालेनटाइन मनाउने

अनुष्का शर्माले केही समय फिल्मबाट विश्राम लिइन्, बिवाहका लागि । टिम इन्डियाका कप्तान विराट कोहलीलाई औपचारिक श्रीमान् बनाएका अनुष्कको हनिमुन अवधी पनि सकिएको छ । अब उनी पुन फिल्मी लयमा फर्कने सुरसारमा छन् ।

त्यही फिल्मको कारणले उनी नव दुलहासँग पहिलो भ्यालेनटाइन मनाउनबाट बञ्चित हुँदैछिन् । किनभने उनको नयाँ फिल्म भ्यालेनटाइन डेमा छायांकन हुँदैछ । फिल्मको नाम हो, सुई धागा । यो मेड इन इन्डियामा आधारित रहेको बताइन्छ ।

फिल्म छायांकनका क्रममा उनी वरुण धवनसँग हुनेछिन् । अर्थात उनको भ्यालेनटाइन वरुणसँग वित्नेछ । फिल्ममा वरुण र अनुष्काले स्क्रिन साझेदार गरेका छन् । यस फिल्ममा उनीहरुको रोमान्स देख्न पाइनेछ ।

फिल्म खासमा स्वदेशी उद्यमलाई बढाव दिने खालको छ । यद्यपी यसको कथा निकै रोचक रहेको र त्यसमा प्रेमकथा पनि रहेको वताइन्छ । फिल्ममा वरुण धवनले एक दर्जीको भूमिका खेल्दैछन् । तर, अनुष्काको भूमिकाबारे भने अझै खुलाइएको छैन । राष्ट्रिय पुरस्कार विजेता टीम निर्देशक शरत कटारिया र निर्माता मनीष शार्माको फिल्म सुई धागा–मेड इन इन्डिया आगमी २८ अक्टुबरमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment