Comments Add Comment

माघ २८ देखि हुने फुड फेस्टिवलको प्रचारका सौराहाको टोली पोखरामा

भ्यालेन्टाइन्स डे मा प्रेम पत्र लेखन प्रतियोगिता


२२ माघ, पोखरा । सौराहा फुड फेस्टिवलको प्रचारका लागि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको टोली पोखरा आइपुगेको छ । माघ २८ देखि फागुन ३ गतेसम्म हुने १२ औं संस्करणको सौराहा फुड फेस्टिवलको प्रचारका लागि रेवान सौराहाको टोली पोखरा आइपुगेको हो ।

भ्यालेन्टाइन्स डे (प्रेम दिवस) को अवसर पारेर यो वर्ष पनि सौराहाको सिसवार खेलमैदानमा फुड फेस्टिवल गर्न लागेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित गर्न लागिएको फेस्टिवल ५ दिन चल्नेछ । फागुन २ गते राति ११ बजेदेखि भोलिपल्ट राति १२ बजेसम्म चल्नेछ ।

फेस्टिवलमा ५० वटा खाका स्टल रहने छ भने थप १० वटा प्रदर्शनी स्टल रहने आयोजकले जनाएको छ ।

होटल, रेस्टुरेण्ट र सामानमा १५ प्रतिशत छुट

फेस्टिवलको अवसरमा रेस्टुरेण्टमा १५ प्रतिशत, होटलमा १५ प्रतिशत र साना पर्यटन ब्यवसायसँग आवद्ध ब्यससायीको सामान खरिदमा १५ प्रतिशत छुट दिने रेवान सौराहाले जनाएको हो । फेस्टिवल एरियामा फ्री वाइफाइकोसमेत ब्यवस्था गरिने रेवान सौराहाका अध्यक्ष गिरीले बताए ।

प्रेम पत्र लेखन प्रतियोगिता हुने

महोत्सवमा रेवान सौराहाले प्रेम पत्र लेखन प्रतियोगिता गरी उत्कृष्टलाई पुरस्कार दिने अध्यक्ष गिरीले बताए ।

उनका अनुसार महोत्सवको अवसरमा रेस्टुरेण्ट स्टाफबीच वाटर रेस प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्युजिकल चेयर प्रतियोगिता, ९ वर्षमुनिका बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना पकाउने प्रतियोगिता, घैला रंगाउने प्रतियोगितालगायतका कार्यक्रम हुनेछन् ।

महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारु समुदायको मौलिक खाना पनि राखिने सौराहा रेवानका निवर्तमान अध्यक्ष लालबहादुर भट्ट -राजन) ले प्रष्ट पारे ।
फेस्टिवलका संयोजक कपिल रेग्मीले बाहृय मात्र नभई आन्तरिक पर्यटकको केन्द्र पनि सौराहा हुनसक्ने बताउँदै भने, ‘सौराहामा विदेशी मात्र होइन, अब अन्तरिक पर्यटकहरु पनि रमाउनु पर्छ ।’ उनले पोखरा र सौराहा एक अर्काका पर्याय भएको बताउँदै पर्यटनमा एकले अर्कालाई सघाउने गरी सहकार्य हुनुपर्नेमा जोड दिए ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले रेवान सौराहासँग आफूहरुले सँधै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई जारी राख्ने बताए ।

फेस्टिवलबाट प्राप्त आम्दानीको केही अंश सामाजिक कार्यमा खर्च गरिने रेवान सौराहाले जनाएको छ । रेवान सौराहाका अनुसार टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० प्रतिशत वृद्धवृद्धा र अपांगता भएकाहरुलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिनेछ ।

यस्तै ४० प्रतिशत रकम घुम्ती शौचालय निर्माणका लागि, ५ प्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा प्रदान गरिने क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment