Comments Add Comment

लेडी गागालाई के रोग लाग्यो यस्तो ?

अमेरिकी प्रख्यात गायिका लेडी गागाका फ्यानहरुलाई दुःखी बनाउने खबर छ । यसको जानकारी उनी स्वयम्ले सामाजिक सञ्जालमा दिएकी छिन् ।

शारीरिक समस्याले गर्दा लेडी गागाले आफ्नो वर्ल्ड टुर रद्द गर्नुपरेको छ । एउटा गम्भीर बिमारीका कारण उनले वर्ल्ड टूरको अन्तिम १० शो गर्ने सक्ने छैनन् ।

फेसबुकमा गागाले आफ्ना प्रशंसकहरुसँग माफी माग्दै भनेकी छिन्, ‘यसो गर्दा मलाई राम्रो लागिरहेको छैन, तर यतबिेला मलाई आफ्नो ख्याल राख्नुपर्ने बढि आवश्यकता छ ।’

लेडी गागाका अनुसार उनी ‘फइब्रोृमायेल्जिया’ नामक रोगबाट पिडित छिन् । यो लामो समयसम्म दुःख दिने रोग हो । यसले पुरै शरीरलाई असाध्यै पीडा दिन्छ ।

फेसबुकमा गागाले लेखेकी छिन्, ‘शुक्रबार राति आफ्नो मेडिकल टीको निर्देशनपछि मैले यो कठोर निर्णय लिएँ । टिकट लिएका व्यक्तिहरुले ६ जनवरीदेखि आफ्नो पैसा फिर्ता लिन सक्नेछन् ।’

३१ वर्षीया लेडी गागा आफ्नो विचित्र पहिरन तथा लुक्सका लागि संसारभर चर्चित छिन् । उनी लेख्छिन्, ‘मलाई यो निर्णय लिन गाह्रो भयो तर, यसो नगरेको भए म भविष्यमा गाउनै नसक्ने हुन सक्थेँ ।’

लेडी गागाले बेलायतमा बर्मिंघम एरिनामा आफ्नो यात्रा सुरु गरेकी थिइन् । बीबीसीका रिपोर्टरका अनुसार आफ्नो पर्फमेन्सका दौरान उनी राम्ररी गाउन सकिरहेकी थिइनन् ।

उनको खराब अवस्थाले गर्दा वल्र्ड टूरको यूरोप अंशलाई पहिल्यै फेरिएको थियो ।

अघिल्लो वर्ष सेप्टेम्बरमा ब्राजिलमा भएको रक अन रिओ फेस्टिबलका दौरान गीत गाउने क्रममा उनको अवस्था बिग्रिएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment