Comments Add Comment

पूर्वाधार विकास बैंकमा संलग्न छैन चीन, ४० नेपाली संस्था र व्यवसायी लगानी गर्दै

सरकारले १० प्रतिशत हाल्ने, ६० दिनमा आशय पत्र

२३ माघ, काठमाडौं । पूर्वाधार विकास बैंकमा संस्थापकको रुपमा लगानी गर्न लागेका संस्था र व्यक्तिको नामावली राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको नाममा संस्थापक तर्फ बैंक तथा वित्तीय संस्थाको बाहुल्यता देखिएको छ भने संघाई, गोल्छा, बिशाल समूह र एनआरएन जीवनाथ लामिछाने लगायत रहेका छन् ।

सम्बन्धित सेयर धनिहरु विरुद्ध गुनासो वा उजुरी भए १५ दिन भित्र निवेदन हाल्न भन्दै राष्ट्र बैंकले नाम सार्वजनिक गरेको हो । हाल खोल्न लागिएको पूर्वाधार बिकास बैंकमा विदेशी लगानी नरहेको राष्ट्र बैंकका प्रवत्ता नारायण पौडेलले बताए ।

‘चीनले पूर्वाधार विकास बैंकमा लगानी भन्ने विषयमा सत्यता छैन्, यस संस्थामा यस्तो लगानी प्रस्ताव देखिदैन्, अन्य संस्था खोल्न प्रस्ताव आएको छैन् ,’ प्रवक्ता नारायण पौडेलले भने ।

यस पूर्वाधार विकास बैंकको नाम नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड रहेको छ । नियम अनुसार पूर्वाधार विकास बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

संस्थापकहरुले ६० प्रतिशत लगानी गर्ने भएका हुन् । यसमा सरकारको १० प्रतिशत लगानी रहेको छ । बाँकी ४० प्रतिशत अर्थात ८ अर्ब रकम बराबरको सेयर सर्वसाधारणमा जारी गर्ने उदेश्य बैंकको छ ।

‘अबको १५ दिनपछि कुनै उजुरी नआएको हामीहरुले चुक्ता पूँजीको ४५ प्रतिशत रकम जम्मा गर्छौं र राष्ट्र बैंकले आशय पत्र दिन्छ,’ पूर्वाधार विकास बैंकमा लगानी रहेकाे इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत तथा  राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक डा. विनोद आत्रेय रहेका छन् ।

हालसम्म पुर्वाधार विकास बैंकको लागि यही एक कम्पनीको मात्र आवेदन आएको छ । विदेशी लगानी आउन चहानेहरुले पनि यस्तो बैंक स्थापना गर्न सक्ने राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment