Comments Add Comment

प्रदेश २ मा मिलेर सरकार बनाउन फोरम र राजपा सहमत

पद बाँडफाँटमा सहमति जुट्न बाँकी

२३ माघ, काठमाडौं । संघीय समाजवादी फोरम र राजपाले प्रदेश २ मा सरकार बनाउन सहमत भएका छन् । तर, पद बाँडफाँटमा सहमति जुट्न बाँकी छ ।

सरकार गठनबारे फोरम अध्यक्ष उपेन्द्र यादवले मंगलबार राजपा शीर्ष नेताहरुसँग वार्ता गरेका थिए । राजपाबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँगै अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव र अनिल झा पनि सहभागी थिए ।

प्रदेश २ मा गठबन्धन बनाएर चुनाव लडेका दुई दल मिलेर सरकार बनाउन सहमत भएका छन् । ‘औपचारिक कुराकानी भएको छ’ राजपा नेता झाले अनलाइनखबरसँग भने, ‘ बहुमत पनि आएको छ र, जनमतलाई सम्मान गर्नुपर्छ भन्नेमा सहमत छौं ।’

२९ सिट जितेको फोरमले मुख्यमन्त्री दाबी गरेको छ । ठूलो दल भएकाले उसको दाबी स्वभाविक भएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले बताए ।

तर, पद बाँडफाँटबारे छलफलमै रहेको उनले बताए । भने, ‘प्रस्तावहरु आएका छ । अहिले छलफलमै भएकाले थप नभनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment