Comments Add Comment

नेपाल विल्डकन एक्स्पोबाट निप्पन पेन्ट नेपाल भित्रिँदै 

२३ माघ, काठमाडौं । निप्पन पेन्टले नेपालमा आफ्नो उत्पादन बिक्री सुरु गर्ने भएको छ । कम्पनीले नेपालमा शुक्रवारबाट हुन गइरहेको नेपाल विल्डकन इन्टरनेशनल एक्स्पो २०१८ मार्फत नेपाल भित्रने रणनीति बनाएको छ ।

भारतीय उद्योग परिसंघले नेपालमै ठुलो ट्रेड एक्स्पो आयोजना गर्न लागेको छ । निप्पन पेन्ट एक्स्पोको सहप्रवद्र्धक हो । भृकुटिमण्डपमा हुने एक्स्पो मार्फत कम्पनीले यहाका व्यापारीहरुसँग सम्बनध विस्तार गरेर नेपालमा उत्पादन उपलब्ध गराउने सोच बनाएको छ ।

निप्पनले एक्स्पोमा अन्तराष्ट्रिय स्तरको उच्च प्रविधियुक्त र वातावरण मैत्री डेकोरेटिभ पेन्ट उत्पादन प्रदशन गर्ने भएको हो ।
डेकोरेटिभ पेन्ट, निप्पन पेन्ट इण्डियाका अध्यक्ष एस महेश आनन्दले नेपालको बिस्तारित बजारमा सम्भावना खोज्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment