Comments Add Comment

अनुष्का जब भूत बनिन् (हेरौं टिजर)

अहिले हामीकहाँ ‘भूत’ आतंक छ । ‘भूतले तर्साएको’ प्रसंग सर्वत्र फैलिएको छ । ठीक यहि बेला अनुष्का शर्मा भूत बनेर देखा परेकी छिन् । यो उनको अनस्क्रिन अवतार हो ।

विराट कोहलीसँग बिवाह गरेर केहि समय विश्राम लिएकी अभिनेत्री अनुष्का शर्मा हरर फिल्ममा देखा पर्न लागेकी हुन् । उनको फिल्मले मार्च पहिलो साता हलमा तर्साउँदैछ । फिल्मको टिजर हालैमात्र रिलिज भएको छ । एक मिनेटको टिजरमा अनुष्का शर्मा मात्र देखाइएको छ । उनी सामान्य अवस्थाबाट भूतमा रुपान्तरण भएको देखाइन्छ । अनुष्का कुरुप र डरलाग्दो देखिएकी छिन् । यो फिल्ममा अनुष्काकै लगानी छ । फिल्मलाई प्रोसित रोयले निर्देशन गरेका छन् ।

उक्त फिल्मको छायांकनको क्रममा एक प्राविधिकको मृत्यु भएको थियो । छायांकनको बेला नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment