२४ माघ, सुर्खेत । प्रदेश ६ मा राष्ट्रिय सभा सांसदका लागि मतदान सम्पन्न भएको छ ।
अस्थायी मुकाम सुर्खेतको वीरेन्ऽनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भएको हो । यहाँ सतप्रतिशत मतदान भएको छ ।
प्रदेश ६ मा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ जना मतदाताले नै मतदान गरेका छन् । प्रदेश सभा सांसद ४० जना र बाँकी नगरपालिका र गाउँपालिकाका प्रमुखरउपप्रमुख गरी १५८ जना मतदाताले मतदान गरेका हुन् ।
खुला र महिला ३/३ र दलित, अल्पसंख्यक तथा अपाङगताका लागि एक/एक जना सांसदका लागि प्रदेश ६ मा एमाले, माओवादी र कांग्रेसबाट गरी १२ जना उम्मेदवार रहेका छन् ।
जसमा एमालेबाट ५ जना, माओवादी ३ जना र कांग्रेसबाट ४ जना उम्मेदवार छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4