+
+

प्रदेश ६ मा सतप्रतिशत मतदान, ४ बजेपछि मतगणना हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते १४:२२

२४ माघ, सुर्खेत । प्रदेश ६ मा राष्ट्रिय सभा सांसदका लागि मतदान सम्पन्न भएको छ ।

अस्थायी मुकाम सुर्खेतको वीरेन्ऽनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भएको हो । यहाँ सतप्रतिशत मतदान भएको छ ।

प्रदेश ६ मा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ जना मतदाताले नै मतदान गरेका छन् । प्रदेश सभा सांसद ४० जना र बाँकी नगरपालिका र गाउँपालिकाका प्रमुखरउपप्रमुख गरी १५८ जना मतदाताले मतदान गरेका हुन् ।

खुला र महिला ३/३ र दलित, अल्पसंख्यक तथा अपाङगताका लागि एक/एक जना सांसदका लागि प्रदेश ६ मा एमाले, माओवादी र कांग्रेसबाट गरी १२ जना उम्मेदवार रहेका छन् ।

जसमा एमालेबाट ५ जना, माओवादी ३ जना र कांग्रेसबाट ४ जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?