Comments Add Comment

‘एक बर्षदेखि म सिंगल छु’: प्रियंका चोपडा


हलिउडमा समेत स्टार बनिसकेकी बलिउड नायिका प्रियंका चोपडाले आफू एक बर्षदेखि कसैको प्रेममा नरहेको स्पष्ट पारेकी छिन् । फिल्म फेयर म्यागेजिनसँग विशेष कुराकानी गर्दै उनले आफ्नो जीवन र प्रेमको बिषयमा खुलाएकी हुन् ।

के तपाई अहिले कसैलाई हेर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनेकी छिन्-‘अहिले म सिंगल छु । पक्कै पनि म प्रेममा थिएँ । तपाई किन मैले प्रेम नै गरिनँ भनेर सोच्दै हुनुहुन्छ । तर, अहिले म सिंगल नै छु ।’

के तपाइले ‘क्वान्टिको’ सिरियलका कोहि पनि कलाकारसँग प्रेम गर्नुभएन भन्ने अर्को प्रश्नमा उनले भनेकी छिन्-‘अहँ, मैले गरिनँ । किनकी, उनीहरु सबै बिबाहित थिएँ ।’

के तपाइ अमेरिकामा कसैसँग डेटमा रमाउनुभयो भन्ने प्रश्नमा उनले ‘रमाएँ’ भनेर जवाफ दिएकी छिन् । यसलाई लामो समयसम्म लैजाने योजना भएन भन्ने पत्रकारको प्रश्नमा उनले भनेकी छिन्-‘भएनँ । नत्र, तपाइले थाहा पाइसक्नुहुन्थ्यो ।’

नायिका चोपडाले लामो समयदेखि आफू प्रेममा नरहेको बताउँदै धेरै जनासँग आकर्षण त भएको तर प्रेम नभएको बताएकी छिन् । उनले आफू निकै गम्भिर प्रेममा रहेको तर एक बर्षदेखि सिंगल रहेको खुलाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment