२५ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्धको खेलमा रोहितकुमार पौडेललाई डेब्यू क्याप प्रदान गरिएको छ ।
यू-१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए । उनलाई ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले डेब्यू क्याप दिएका छन् ।
बिहीबार नामिवियाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालका सोमपाल कामीले पहिलो ओभरमा नै एक विकेट लिएका छन् ।
प्रतिक्रिया 4