Comments Add Comment

माओवादीमा मिल्यो भागवण्डाः आङ्बो सरकारमा, आङबुहाङ दलको नेता

२५ माघ, विराटनगर । माओवादी केन्द्रको प्रदेश १ संसदीय दलमा भागवण्डा मिलेको छ ।

टंक आङबुहाङ दलको नेता चयन भएका छन् भने प्रदेश सरकारमा पार्टीको नेतृत्व इन्द्र आङबो (मौसम)ले गर्नेछन् । आङबुहाङ प्रचण्ड समूहका हुन् भने आङ्बो गोपाल किराती समूहका हुन् ।

प्रचण्ड समूहले आङबुहाङलाई दलको नेता बनाउन चाहेको थियो । तर, गोपाल किराती समूहले आङबोलाई अघि सारेपछि दुई गुटबीच पदीय झगडा देखिएको थियो ।

बिहीबार विराटनगरमा बसेको संसदीय दल र प्रदेश कार्यालयको विस्तारित बैठकले संसदीय दलको नेता र सरकारको नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ ।

दलेका नेता र सरकारमा पार्टीको नेतृत्व विवाद समाधान भएको प्रदेश सांसद कुलबहादुर सम्बाले बताए । यसबारे थप जानकारी दिन माओवादीले पत्रकार सम्मेलन गर्दैछ ।

प्रदेश १ मा माओवादीका १६ जना सांसद छन् ।

को हुन् आङबुहाङ ?

२०४८ सालमा अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका वासिन्दा हुन् । ३७ वषर्ीय आङबुहाङ २०५३ सालमा एमालेको राजनीति छाडेर तत्कालिन नेकपा माओवादीमा प्रवेश गरेका थिए ।

२०५६ सालदेखि माओवादी जनयुद्धमा भूमिगत भएका उनी २०६१ सालमा माओवादीले चलाएको किरात सरकारको उपप्रमुखसमेत बने ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी अन्तरिम विधायिकाको सांसदसमेत बनेका थिए ।

हाल माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य रहेका आङबुहाङ नेपाल क्रिकेट संघ क्यानको पूर्वअध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment