Comments Add Comment

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजाय, अदालतबाटै पक्राउ

२५ माघ, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेतृसमेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ ।

बच्चाहरुका लागि विश्वभरबाट संकलन गरिएको एक करोड ६१ लाख दुरुपयोगको अभियोगमा उनी दोषी ठहर भएकी हुन् । फैसला सुनाउँदा उनी अदालतमै उपस्थित थिइन् ।

जेल जाने क्रमा गहभरी आँसु बनाएकी उनले आफन्तलाई चिन्ता नगर्न र हिम्मत नहार्न आग्रह गरेकी थिइन् । आफूमाथि राजनीतिबाट प्रेरित भएर आरोप लगाइएको भन्दै उनले आफू फर्किएर आउने बताएको डेलिस्टारले जनाएको छ ।

ढाकास्थित एक अदालतमा फैसला सुनाउने क्रममा न्यायाधीशले भनेका छन्, ‘उनीविरुद्ध लागेको आरोप प्रमाणित भएको छ र, उनको सामाजिक र शारीरिक स्थितिलाई मध्यनजर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको छ ।’

फैसला सुनाउनुअघि नै अदालत बाहिर उनका हजारौं समर्थक जम्मा भएका थिए, जसलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास हानेको थियो ।

अदालतले जियाका चार सहयोगीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment