Comments Add Comment

स्थानीयले नागढुङगा-थानकोट सडकखण्ड अबरुद्ध पारे

२६ माघ, काठमाडौं  । काठमाडौं भित्रिने मुख्य नाकाका रुपमा रहेको नागढुंगा-थानकोट सडकखण्ड स्थानीयवासीले अवरुद्ध पारेका छन् ।

आफ्नो मागहरुको सुनुवाई नभएको भन्दै शुक्रबार विहान स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका हुन् ।

सडक विस्तारको काम छिटो गर्नुपर्ने, धुलाम्मे बाटोमा पानी हाल्नु पर्ने माग गर्दै वाडभञ्ज्याङका नागरिकहरुले प्रदर्शन गर्दै सडक अबरुद्ध पारेका हुन् । नागरिकहरुले केही समय सडक अवरुद्ध पारेपछि सवारीसाधन सडकमा रोकिएका थिए ।

स्थानीयको प्रदर्शनले थानकोट-नागढुंगा सवारी आवागमन पूर्ण रुपले ठप्प बनेको महानगरिय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक वावुराम पोखरेलले जानकारी दिए । नगरपालिकाको पहलमा सडक खुलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment