+
+
Shares

खुले काठमाडौंका नाका, नागढुंगामा चाप (तस्वीरहरु)

वर्षाको कारण यात्रामा जोखिम रहेको भन्दै हिजोदेखि रोकिएका सवारी साधनहरु आज बिहानबाट गन्तव्यमा पठाउन थालिएको हो । नागढुंगा नाकामा अहिले सवारी चाप बढेको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असार ३० गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाका मुख्य नाकाहरूबाट सवारी साधनको आवागमन आज बिहानबाट सुचारु गरिएको छ ।
  • वर्षाका कारण जोखिम बढेपछि हिजो रोकिएका सवारी साधनहरूलाई अहिले गन्तव्यतर्फ पठाइएको छ ।
  • नागढुंगा र साँगा लगायतका नाकामा सवारी चाप बढेको छ भने भट्टेडाँडा बाहेक अन्य स्थानमा आवागमन सामान्य छ ।

३० असार, काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य नाकाहरुबाट सवारी साधनको आउ–जाउ खुला गरिएको छ ।

वर्षाको कारण यात्रामा जोखिम रहेको भन्दै हिजोदेखि रोकिएका सवारी साधनहरु आज बिहानबाट गन्तव्यमा पठाउन थालिएको हो । अहिले नागढुंगा, साँगा, माछापोखरी लगायतका नाकाहरुमा सवारी साधनहरुको चाप छ ।

ट्राफिक प्रहरी एफएमका अनुसार ललितपुरको भट्टेडाँडामा बाहेक अन्य स्थानमा सवारी आवागमन जारी छ । ठाउँठाउँमा ट्राफिक प्रहरीहरु खटिएर सवारी साधनहरुलाई गन्तव्यमा पठाइरहेका छन् ।

मुग्लिङ-नारायणगढ सडकखण्ड पनि आज बिहान ७ बजेबाट दुईतर्फी खुला गरिएको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् नागढुंगा क्षेत्रको तस्वीर –

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?