+
+
Shares

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

तीन ठाउँको पहिरो हटाइएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप उच्च छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ८:४१

३० असार, चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहानैदेखि मेसिन परिचालन गरीसडकको पहिरो हटाएसँगै सवारी साधर दुईतर्फी सञ्चालनमा आएका हुन् ।

सोमबार साँझ विभित्र ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो ।

सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?