News Summary
Generated by OK AI. Editorially reviewed.- नागढुंगा पातले वनमा सडक भासिएपछि काठमाडौंबाट मुग्लिनतर्फ जाने पेट्रोलियम पदार्थबाहेकका सबै सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला गरिएको छ।
- पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकललाई सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ।
- विभागले सडक भासिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मर्मत सुरू गरी पूर्ण सडक सञ्चालनबारे छलफल भइरहेको जनाएको छ।
१७ भदौ, काठमाडौं । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको छ ।
नागढुंगा पातले वनमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ । अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार सडक भासिएको स्थानमा भने प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम सुरु हुनेछ । त्यसपछि पूर्ण रुपमा सडक सञ्चालनमा ल्याउनेबारे छलफल भइरहेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4