+
+

एनआईसी एशिया बैंकको २ नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २६ गते १७:४५

२६ माघ, काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु खुलेका छन् । बझाङको जयपृथ्वी नगरपालिका १०, चैनपुरर र धादिङको निलकण्ठ नगरपालिका ३, धादिङ्गवेशी,खुलेका हुन् ।

जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्रबहादुर खड्काबाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाबाट धादिङ्गवेशी शाखाको औपचारिक रुपमा समुद्घाटन भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चँाडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?