Comments Add Comment

किम जोङ उनकी बहिनी दक्षिण कोरियामा (फोटो फिचर)

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनकी बहिनी किम यो जोङ दक्षिण कोरिया पुगेकी छन् । उनी सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धपछि दक्षिण कोरिया पुग्ने उत्तर कोरियाली शासक परिवारकी पहिलो सदस्य हुन् ।

उनी र उत्तर कोरियाका आलंकारिक राष्ट्रप्रमुख किम जोङ नाम शीतकालीन ओलम्पिकमा भाग लिन दक्षिण कोरियाको प्योङयाङ पुगेका छन् ।

राष्ट्रपति किम जोङ उनले आफ्नी बहिनीलाई गत वर्ष राज्यको शक्तिशाली पदमा स्थापित गरेका थिए ।

ओलम्पिक समारोहको उद्घाटन समारोहमा दुई कोरियाका राष्ट्रप्रमुख अमेरिकी र जापानी प्रतिनिधिहरुसँगै बसेका थिए ।

उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोङ नामले दक्षिण कोरियाका राष्ट्रपति मुन जय इनसँगै डिनरमा सहभागी हुनुका साथै हात पनि मिलाए । उनीहरुले हात मिलाउँदा अमेरिकी उप राष्ट्रपति माइक पेन्स र जापानी प्रधानमन्त्री सिञ्जो अबे पनि थिए । उनीहरु उद्घाटन शत्रमा पनि सँगै बसेका थिए ।

शीतकालीन ओलम्पिकको उद्घाटन शत्रमा दुबै कोरियाले एउटै झण्डा लिएर मार्च पास गर्नेछन् । दुई कोरियाका २२ जना खेलाडीसँगै दुई देशका गरी ४०० जना प्रतिनिधिले सहभागीता जनाउनेछन् ।

दुई कोरियाबीचको सम्बन्ध सुधार्न खेलकुद कुटनीति अगाडि आएको छ । यद्यपि विश्लेषकहरुले यसैले मात्र दुई देशबीचको सम्बन्ध सुधार हुनेमा सन्देश व्यक्त गरेका छन् ।

ओलम्पिकको उद्घाटनमा हजारौंले दुई कोरियाबीचको एकताको खुशियालीमा नाचेका थिए भने बालबालिकाहरुको विभिन्न प्रदर्शन र आतसबाजी पनि गरिएको थियो ।

यो प्रदर्शन उत्तर कोरियाली राष्ट्रप्रमुख किम जोङ नाम र दक्षिण कोरियाका राष्ट्रपति मुन जय इनले हेरेका थिए ।

तस्वीरहरु : डेलीमेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment