+
+

त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २७ गते १८:२४

२७ माघ, काठमाडौं । शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् ।

सचिव यादव कपिलवस्तुमा छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा थिए । उनी आफैँले हाँकेको बा २ झ ३१४० नम्बरको गाडी शनिबार बिहान ३ बजेतिर पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर थियो ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे ।

गाडीमा चार जना सवार थिए । दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

किशोरीको शव निकालियो, उद्धारकर्ता नै घाइते

साथीको छोरी १५ वर्षीया उन्नति गुप्ताको शव निकालिएको छ भने यादवका छोरा २२ वर्षीय सन्तोष बेपत्ता छन् ।

गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए ।

टुचिनको सहायताले निकालिएको जिपभित्र किशोरीको शव भेटिएको थियो । पानीभित्र पसेर शब निकाल्ने र गाडी बाँध्ने काम गरिरहेका बेला उद्धारमा खटिएका ससस्त्र प्रहरीका हवल्दार तारानाथ चपाँई गम्भीर घाइते भएका थिए ।

उनलाई अन्य गोताखोरको टोलीले उद्धार गरी सेनाको हेलिकप्टरबाट उपचारका लागि सैनिक अस्पताल छाउनी पठाइएको छ ।

प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?