+
+

प्रदेश १ को उपसभामुखमा सरस्वती र सीताको दाबी

विराट अनुपम विराट अनुपम
२०७४ माघ २७ गते १९:४०

२७ माघ, इटहरी । प्रदेश १ को उपसभामुख पाएको माओवादी केन्द्रका दुई आकांक्षी देखिएका छन् । माओवादी श्रोतका अनुसार पोलिटव्युरो सदस्य सरस्वती पोखरेल र केन्द्रिय सदस्य सीता थेबे उपसभामुखकी दाबेदार हुन् ।

माओवादी नेताहरु पनि सुनसरीकी पोखरेल र पाँचथरकी थेबे मध्ये एक उपसभामुख हुने बताउँछन् ।

पाँचथरकै इन्द्र आङ्बोले सरकारको नेतृत्व गर्ने भएपछि भुगोल र जातीय क्लस्टर मिलाउन पनि सरस्वतीलाई अघि सार्ने सम्भावना रहेको माओवादीका एक प्रदेश सांसदले बताए ।

नयाँ वरियत्रा क्रम अनुसार प्रदेश उपसभामुखको वरियता प्रदेशको राज्यमन्त्री सरह मात्रै हुनेछ । यसले पनि कम माओवादी नेताहरुले उपसभामुखको आकांक्षा राखेको एक माओवादी नेताले बताए ।

उनका अनुसार यदि मन्त्री सरह मात्र वरियता भउको भए आकांक्षीहरु धेरै हुन्थे । उपसभामुख भन्दा राज्यमन्त्री जस्तो सक्रिय भूमिका लिनलाई धेरै नेताहरुले चाहेको बताइएको छ ।

सभामुखका लागि ६ आकांक्षी

एमालेले मुख्यमन्त्री चुनावबाट टुंगो लगाएको छ । तर, आकाक्षी धेरै भएकाले सभामुखको उम्मेदवार आइतबार मात्रै टुंगो लाग्ने सांसद जीवन घिमिरेले बताए ।

एमाले नेताहरु अनुसार हाल ६ प्रदेश सांसदले प्रदेश सभामुख हुने इच्छा व्यक्त गरेका छन् । पाँचथरका गणेश काङवाङ, मोरङका जीवन घिमिरे, सुनसरीका प्रदिप भण्डारी, झापाका हिक्मत कार्की र जसमाया गजमेर तथा खोटाङकी उषाकला राईले सभामुखमा दाबी गरेका छन् ।

गणेश काङवाङ र उषाकला राईले आफूहरु सभामुख बन्न इच्छुक र योग्य रहेको बताएका थिए । प्रदेश सांसद घिमिरेका अनुसार आइतबारको मनोनयन अगाडि संसदीय दलको बैठकले सभामुखको उम्मेदवार लगाउने छ ।

प्रदेश १ मा आइतबार सभामुख र उपसभामुखको मनोनयन दर्ता हुँदैछ भने सोमबार दिउँसो निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?