+
+

प्रदेश ६ को सभामुखमा राजबहादुर शाही निश्चित

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २८ गते १३:३९

१८ माघ, काठमाडौं । दैलेखबाट निर्वाचित सांसद राजबहादुर शाही प्रदेश ६ को सभामुख बन्ने निश्चित भएको छ ।

एमालेले आफ्नो भागमा परेको प्रदेश ६ को सभामुखको उम्मेदवार शाहीलाई आज उम्मेदवार चयन गरेको हो । शाही दैलेख क्षेत्र नं. २ प्रदेश (ख) बा निर्वाचित सांसद हुन् ।

सोमबार सभामुखको चुनाव हुने भएपछि एमाले आज शाहीलाई सर्बसम्मत उम्मदवार बनाएको हो । सर्बसम्मत रुपममै राजबहादुरलाई सभामुखको उम्मेदवार चयन गरिएको सांसद प्रकाश ज्वालाले जानकारी दिए ।

सभामुखको टुंगो लगाउने जिम्मा प्रदेश ६ का संसदीय दलका नेता यामलाल कंडेल र सांसद प्रकाश ज्वालालाई दिइएको थियो ।

मुगु प्रदेश (ख) बाट निर्वाचित चन्द्र शाहीले पनि सभामुखमा दावी गरेका थिए । प्रदेश ६ मा सभामुखको चुनाव सोमबार हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?