+
+

पुनर्निर्माणको बहानामा पोखराः गोरखाका सरकारी कार्यालय प्रमुखविहीन

विकास मरहट्टा विकास मरहट्टा
२०७४ माघ २८ गते १७:५६

२८ माघ, गोरखा । जिल्लामा भएका कामको समीक्षा सदरमुकाममै गर्न सकिन्छ । भूकम्पपछिको पुनर्निर्माणमा गोरखामा भएको प्रगतिको समीक्षा भने पोखराको महँगो होटेलमा हुँदैछ ।

त्यही बहानामा अधिकांश सरकारी कार्यालयका प्रमुखहरु पोखरा पुगेका छन् । त्यसका कारण दुई दिनसम्म जिल्लाका कार्यालयहरु प्रमुखविहीन बन्नेछन् ।

पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको आयोजनामा दुईदिने गोष्ठी आयोजना गरिएको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्य र प्राविधिक कार्यालय प्रमुख होमनाथ पौडेल गोष्ठीमा सहभागी छन् ।

यस्तै, कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख श्रीधर ज्ञवाली र खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख रत्न लामिछाने पनि गोष्ठीमा सहभागी छन् । केयर नेपाल नामक गैरसरकारी संस्थाका माधव ढकाललगायत अन्य सरकारी कार्यालय, एनजीओ र आईएनजीओका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता छ, गोष्ठीमा ।

पुनर्निर्माणको अवस्थाबारे समीक्षा आवश्यक भए पनि त्यो सदरमुकाम या अतिप्रभावित क्षेत्रमा बसेर गर्न सकिने कार्यक्रम हो । पोखराको महँगो होटेलमा गोष्ठी डाकिएकामा जिल्लामा आलोचना भइरहेको छ ।

गोष्ठीमा वास्तविक भूकम्पपीडितको भने सहभागिता छैन । केही सीमित व्यक्तिलाई मात्र सहभागी गराइएको कार्यक्रम अर्थहीन रहेको सरोकारवालाहरुले बताए ।

सचिवालयले केही रकम बेहोरे पनि मुख्य हिस्सा एनजीओ र आईएनजीओले बेहोरेको बुझिएको छ । कतिपय सहभागीले त के कार्यक्रम हो भन्नेसमेत थाहा नभएको र पोखरा पुगेपछि मात्र त्यसबारे जानकारी पाएको बताएका छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?