Comments Add Comment

अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव हुने

बोस्टन (अमेरिका)  । ब्लड डोनर्स एशोसिएसन  उत्तर अमेरिकाले यसवर्ष अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब आयोजना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसंगको सहकार्यमा आगामी मे २५ र २६ मा अमेरिकाको जर्जिया शहरमा हुने एशोसिएसनको सम्मेलनमा हुने साहित्यिक महोत्सवका अवसरमा उक्त प्रतियोगिता हुने  भएको हो  ।

साहित्यिक महोत्सवलाई सफलताका साथ सम्पन्न गर्नको लागि बिभिन्न देशको प्रतिनिधि रहने गरी साहित्यकार महेश्वर पन्तको संयोजकत्वमा साहित्यिक महोत्सव आयोजक समिति गठन गरिएको छ ।

यसैगरी प्रतियोगितालाई सफल बनाउन साहित्यकार तथा अनेसासका केन्द्रीय महासचिव गोवर्धन पूजाको संयोजकत्वमा कविता प्रतियोगिता छनोट समिति गठन गरिएको छ

महोत्सव ब्लड डोनर्स एसोसिएसनको दोश्रो महाधिबेशनको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा अनेसासका अध्यक्ष पदम विश्वकर्मा र नेपाल संयोजक गायक/संगीतकार नरहरी प्रेमीको पनि आतिथ्यता रहने छ ।

महोत्सवमा आयोजना गरिने प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्रष्टालाई तल उल्लेखित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रथम पुरस्कार – भानुभक्त काब्य पुरस्कार, चारसय यु एस डलर र प्रमाण पत्र

दोश्रो पुरस्कार – मोतीराम काब्य पुरस्कार, दुईसय यु एस डलर र प्रमाण पत्र

तेश्रो पुरस्कार – देबकोटा काब्य पुरस्कार, एकसय यु एस डलर र प्रमाण पत्र

कविता प्रतियोगिताका नियमहरु :-

१. प्रतियोगीले कविता आफ्नो क्षेत्रको संयोजकको ई-मेल अथवा

सिधै  संयोजकको ई-मेलमा पठाउन सक्नु हुनेछ ।

२. कविताको शब्द सीमा अधिकतम दुई सय (२००) तोकिएको छ । सो भन्दा बढी शब्दका कविता प्रतियोगितामा समावेश गरिने छैन ।

३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचार र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरु स्वत: अस्वीकृत हुनेछन ।

४. कविताको बिषय बस्तु र कविताको स्वरूपको ( गध्य या छन्द ) बारेमा कविहरुलाई स्वतन्त्र छाडिएकोछ ।

५. अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिको भाषामा लेखिएको कविताले पनि प्रतियोगितामा प्रवेश पाउनेछन तर त्यस्ता कविताको नेपाली रुपान्तर पनि साथमा संलग्न हुनु पर्नेछ ।

६. कविता युनिकोड ,कान्तिपुर, प्रिती या मंगल फन्टमा मात्र पठाउनु पर्नेछ ।

७. कविता नितान्त नयाँ र मौलिक हुनु पर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साईजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ ।

८. प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा संप्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत अस्वीकृत गरिने छ ।

९. प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।

१०. प्रतियोगी कविता आउँदो मई महिनाको १० तारेखसम्ममा दिइएको ठेगानामा प्राप्त भई सक्नुपर्ने छ । र वाचन गर्ने चाहनेले मे २५ शुक्रबार साँझ ७ बजे ह्यात होटेल एटलान्टामा आयोजना हुने कार्यक्रममा सहभागीता जनाउन सक्नु हुनेछ ।

११. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आए अन्तिम निर्णय प्रमुख संयोजकको रहने छ ।

आयोजक समितिको पूर्ण स्वरूप र सम्पर्क ठेगाना :

कार्यक्रम संयोजक – महेश्वर पन्त

nepalipoemcomp2018@gmail.com

प्रतियोगिता संयोजक – गोवर्धन पूजा

nepalipoemcomp2018@gmail.com

नेपाल संयोजक – छविरमण सिलवाल र नरहरी प्रेमी nepalipoemcomp2018@gmail.com

 इजराइल संयोजक – भगवती बस्नेत [email protected]

अष्ट्रेलिया संयोजक – गणेश घिमिरे  [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment