Comments Add Comment

यो हो एसियाको सबैभन्दा धनी गाउँ, सबै परिवार करोडपति


गाउँका सबै मानिस करोडपति भएपछि त्यो गाउँ एसियाकै धनी गाउँ नहुने कुरै भएन । यस्तो गाउँ छिमेकी मुलुक भारतमा छ ।

भारतको अरुणाचल प्रदेशको तवांग जिल्लामा रहेको बोमजा गाउँ एसियाको सबैभन्दा धनी गाउँ बनेको छ ।

भारतीय सेनाले उक्त गाउँमा सैन्य अड्डा स्थापना गर्ने योजना बनाएको छ । सोही योजना मुताविक गाउँका हरेक परिवारहरुलाई मुआब्जा स्वरुप एक–एक करोड भारु भन्दा धेरै रकम प्रदान गरेको छ ।

गाउँका ३१ घरधुरीलाई सरकारले ४० करोड ८० लाख भारु मुआब्जा बाँडेको छ र सेनाले २२ एक्कड जमिन खरीद गरेको छ ।

२९ परिवारलाई प्रति परिवार १ करोड ९ लाख भारु र अरु दुई परिवारमध्ये एकलाई २ करोड ४० लाख र अर्कोलाई ६ करोड ७० लाख मुआब्जा वितरण गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment