सोमबार, १४ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

राजपाको मन्त्री छनोटमा भागशान्ति जय मधेस !

समानुपातिकलाई नपठाउन दबाव

Suzuki
अनलाइनखबर

फाइल फोटो

१ फागुन, काठमाडाैं ।  प्रदेशसभामा राजपाका २५ सांसद छन् । उनीहरु मध्ये १५ प्रत्यक्ष निर्वाचित हुन् भने १० समानुपातिकबाट आएका छन् । स्रोतका अनुसार अध्यक्ष मण्डलको बैठकमा समानुपातिकलाई मन्त्री नबनाउने प्रस्ताव आएपछि विवाद भएको छ ।

महेन्द्रराय यादवले मन्त्रीमा पहिलो चरणमा प्रत्यक्ष चुनाव जितेकालाई प्राथमिकता दिनुपर्ने मत राखेका थिए ।

तर, अध्यक्ष मण्डलका केही नेताले मन्त्री बनाउन चाहेका सांसद समानुपातिक मात्र छन् । त्यसैले सहमति हुन सकेन र मन्त्रीको नाम टुंगो नलगाई महन्थ ठाकुर मधेस झरेका छन् ।

स्रोतका अनुसार अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले पत्नी डिम्पलकुमारीलाई मन्त्री बनाउन चाहेका छन् । तर, उनी समानुपातिकबाट आएकी हुन् ।

अर्का नेता राजकिशोर यादवले मन्त्री बनाउन चाहेका नेत्रविक्रम शाह पनि समानुपातिकबाटै आएका हुन् ।

महेन्द्र राय यादवको कोटाबाट रामनरेश राय र शरदसिंह भण्डारीको कोटाबाट जयनुल रायन मन्त्री बन्ने तयारीमा छन् । राजेन्द्र महतो समूहबाट मनिष सुमनसँगै नवलकिशोर साह र उपेन्द्र महतो पनि मन्त्रीका आकांक्षी देखिएका छन् ।

महन्थ ठाकुर समूहमा परमेश्वर साह, अविराम शर्मा, बाबुलाल साह र रमेश कुर्मी आकांक्षी छन् ।

२०७४ फागुन १ गते १८:१२ मा प्रकाशित (२०७४ फागुन २ गते ८:१३मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Shekh AnisurRahman लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते ९:३३

    Thakur ji Abulkalam lai pani Afno suchima Rakhnus

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this