Comments Add Comment

आँखा झिम्क्याएरै हिट प्रिया, साहरुखसँग काम गर्ने चाहना


एक किशोरलाई आँखा झिम्क्याएको २६ सेकेण्डको एउटा भिडियो सार्वजनिक भएपछि केरलाकी एक युवति चर्चाको शिखरमा पुगिन् । देशभर उनका प्रशंसक बढेको बढ्यै छन् । यो भिडियोले सर्वाधिक चर्चा पाएपछि धेरैलाई अहिले यो भिडियो बनाउन कति समय लागेको थियो भन्ने जिज्ञासा समेत सुरु भएको छ ।

भिडियोमा देखिएकी युवति प्रिया प्रकाशका अनुसार निर्देशकले सुटिङ स्पटमै यो दृष्य जन्माएका थिए । निर्देशकले भनेका थिए-‘क्यूट देखिनेगरि अभिनय गर्नु ।’
यो दृष्यका लागि कतिपटक तयारी गरिन् होला प्रियाले । उनी भन्छिन्-‘एक पटक ट्राई गरेँ । दोस्रो पटक सट दिएँ, ओके भैहाल्यो । ‘टेक ओके’ भएपछि उनलाई धेरैले ‘ठूली भइछेस्’ भन्दै जिस्क्याए पनि यसको श्रेय उनी निर्देशकलाई दिन चाहन्छिन् ।

आफ्नो भिडियोले यति धेरै चर्चा पाएकोमा उनी मख्ख छिन् । भनिन्-‘ठुला सेलिबि्रटीको जस्तै मेरो पनि भिडियो ट्रोल भयो खुसी लागेको छ ।’ प्रिया त्रिचुरमा बस्छिन् । उनका बुबा सेन्ट्रल एक्साइजमा काम गर्छन् । उनको परिवार एक दाई एक भाइ र आमा छिन् । आमा गृहणी हुन् ।

उनी अहिले बी.कम अध्ययन गर्दैछिन् । यो उनको पहिलो चलचित्र हो । यसअघि उनले तीन वटा छोटा चलचित्रमा अभिनय गरेकी छिन् । के अब उनी मुम्बईमा पनि चलचित्र यात्रामा सहभागी होलिन् ? उनले आफूलाई हरेक भाषाका चलचित्रमा काम गर्ने इच्छा रहेको बताइन् ।

सञ्जयलीला भन्सालीको चलचित्रमा काम गर्न मन लागेको धारणा राख्ने प्रियाले बलिउड नायिका दीपिका पादुकोणसँग भेट्न इच्छुक भएको बताइन् । यदि हिन्दी चलचित्रमा काम गर्ने अवसर मिल्यो भने कुन नायकसँग काम गर्न चाहनुहुन्छ ? प्रिया भन्छिन्-‘साहरुख खान, रणबीर सिंह र सिद्धार्थ मल्होत्रा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment