
२ फागुन, धनगढी । प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री चयनका लागि सांसदहरुलाई आहृवान गरेका छन् ।
उनले फागुन ४ गते दिउँसो ११ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री दावी पेश गर्न प्रदेशसभाका सांसदलाई आहृवान गरेका हुन् ।
बुधबार प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले मुख्यमन्त्री चयनका लागि आवश्यक बहुमत कुनै पार्टीको नपुगेकाले बहुमत सांसदको समर्थन लिएर मुख्यमन्त्री दावी गर्न आउन सांसदहरुलाई पत्र लेखेका छन् ।
५३ सांसद रहेको प्रदेशसभा ७ मा सबैभन्दा ठूलो दल नेकपा एमालेको २५ सिट र नेकपा माओवादी केन्द्रको १४ सिट रहेको छ । यी दुई दल मिल्दा सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।
दुई दलको सहमति अनुसार यस प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाएको छ । माओवादीका संसदीय दलको नेता त्रिलोचन भट्ट मुख्यमन्त्रीको दाबेदार हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4