+
+

प्रदेश १ : माओवादीले माग्यो गृह र अर्थसहित चार मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २ गते १६:०२
प्रदेश १ को प्रदेशसभा फोटो

२ फागुन, विराटनगर । माओवादी केन्द्रले प्रदेश १ मा गृह र अर्थसहित चार मन्त्रालय दाबी गरेको छ । तर, एमालेले गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रालय दिन चाहेको छैन ।

प्रदेश १ को मुख्यमन्त्रीमा बुधबार मात्र एमाले संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् ।

राईले भोलि सपथ लिनेछन् । लगतै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

तर, मन्त्रालय भागवण्डा मिलेको छैन । दुई दलका नेताहरुबीच बुधबार भएको वार्तामा माओवादीले आन्तरिक मामिला, अर्थ, भौतिक पूर्वाधारसहित चार मन्त्रालय मागेको छ ।

एकल बहुमत भएको गृह र अर्थ दुबै दिन तयार देखिएको छैन । ‘मुख्यमन्त्री र सभामुख दुबै उहाँहरुले राखेपछि महत्वपूर्ण मन्त्रालय हामीलाई चाहिन्छ’ माओवादीका एक नेताले भने, ‘सम्मानजनक अवस्था नभए हामी कसरी सरकारमा जानु ?’

स्रोतका अनुसार गृह र अर्थ दुवै मागेको माओवादीले दुईमध्ये एक मन्त्रालयमा तयार हुनसक्छ ।

एमालेले हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाउने तयारी गरेको छ । त्यसो भए अर्थसहित महत्वपूर्ण तीन मन्त्रालय पाउनुपर्ने माओवादीको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?