Comments Add Comment

यस्ता बानीले हुनसक्छ घुँडाको समस्या


बुढेसकालमा धेरैलाई घुँडा दुख्ने र खिइने समस्या हुने गर्छ । त्यसका विभिन्न कारण छन् ।

सामान्यतया हाम्रो शरीरको सबैभन्दा लामो हड्डी तिघ्रा र पिँडुलामा हुने गर्छ । यी दुवैबीचको जोर्नीलाई हामी बोलीचालीको भाषामा घुँडा भन्ने गर्छौं । माथि र तल शरीरको सबैभन्दा लामो हड्डी हुने भएकाले घुँडामा स्वतः भार पर्छ । शरीरको भार पनि घुँडामा पर्ने हुँदा हाम्रो सानो गल्तीले पनि समस्या बढाउँछ ।

गलत आसन

बस्ने तरिका सही नहुँदा पनि घुँडामा विभिन्न समस्या उत्पन्न हुने गर्छन् । खासगरी, लामो समयसम्म एउटै पोजिसनमा र टुक्रुक्क बस्नाले पनि घुँडाको मांसपेशीमा असर पर्छ । त्यसबाट घुँडा दुख्ने र सुन्निने गर्छ । लामो समयसम्म यस्तो समस्या रहिरहे यसले घुँडालाई हानी पुर्‍याउन सक्छ ।

धेरै वजन उठाउने

क्षमताभन्दा बढी वजन उठाउनाले पनि घुँडा कमजोर हुन्छ । विशेषगरी, आफ्नो क्षमताभन्दा बढी वजन उठाउँदा त्यसको समग्र भार घुँडामाथि पर्छ । र, घुँडा सुन्निने, दुख्ने र खिइने समस्या उत्पन्न हुन्छ ।

बूढापाकाहरुले पटुकीको प्रयोग गर्नुको उद्देश्य हो, वजनका कारण हड्डीमा असर पर्न नदिनु । प्राविधिक रुपमा निकै सहयोगी हुन्छ, पटुकी ।

आवश्यकताभन्दा बढी व्यायाम

शारीरीक कसरत आवश्यकताभन्दा कम या बढी गर्दा पनि घुँडामा असर पुग्छ । यस्तै, धेरै पटक सिँढीमा ओहोरदोहोर गरे या कम कसरत र हिँडडुलका कारण पनि घुँडामा समस्या देखिने गर्छ ।

खासगरी, कम कसरतका कारण घुँडाको मांसपेशी निस्त्रिmय हुने गर्छ । र, खिइने तथा दुख्ने समस्या आउँछ । घुँडालाई जति चलायो, त्यति नै एक किसिमको रसायन उत्पादन हुन्छ । उक्त रसायनले घुँडाका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ ।

मोटोपना

एकाएक मोटोपना बढेमा समयमै नियन्त्रण गर्नु आवश्यक छ । नत्र, सम्पूर्ण शरीरको भार घुँडामा पर्ने गर्छ । र, घुँडा कमजोर भएर दुख्ने समस्या उत्पन्न हुने गर्छ ।

हाई हिलको प्रयोग

हाई हिल महिलाहरुमाझ लोकपि्रय छ । लामो समयसम्म हाई हिल जुत्ताको प्रयोगले शरीरको ढंग बिग्रने गर्छ । त्यसका कारण पैताला र घुँडामा नकारात्मक असर पार्छ । र, घुँडा दुख्ने समस्या उत्पन्न गराउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment