+
+
Shares

‘किन लाग्छ माया’ ६ चैतदेखि, यस्तो छ पहिलो झलक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथानक फिल्म “किन लाग्छ माया” ६ चैतबाट नेपालसहित विदेशमा प्रदर्शन हुने भएको छ।
  • फिल्ममा सन्जीत भण्डारी, जान्ह्वी बस्नेत, सेडो रियल र ऋचा थापाले अभिनय गरेका छन्।
  • फिल्मले दाजुभाइबीचको मित्रता, जिम्मेवारी, त्याग र विवाहपछि प्रेमको कथा प्रस्तुत गर्नेछ।

काठमाडौं । कथानक फिल्म “किन लाग्छ माया” को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै फिल्म ६ चैतबाट नेपालसहित विदेशमा पनि रिलिज हुने जनाएका हुन् ।

सार्वजनिक पहिलो झलकमा कलाकार सन्जीत भण्डारी, जान्ह्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ । सन्जीत र मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा फिल्म बनेको हो ।

फिल्ममा धीरेन शाक्य, पवित्रा साकी (मिस पबी), हिउँवाला गौतम, सबिन बाँस्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्गी, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल, रामकाजी घिमिरे लगायतको अभिनय छ ।

रवीन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहाल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्रीस्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढ़ा, रामजी लम्साल र प्रज्ञान खड्काको पनि अभिनय छ ।

बाल कलाकारमा आराध्या बीसी, विनायक सुनुवार र सुरित पुडासैनीको अभिनय छ । म्यूजिक भिडियोमा निरन्तर रुपमा काम गर्दै आएका कलाकार सेडो रियलले यो फिल्मबाट डेब्यू गर्दैछन् ।

पटकथा र संवाद रामकाजी घिमिरेले लेखेका हुन् । फिल्मले दाजुभाइबीचको मित्रता, जिम्मेवारी, त्याग र विवाहपछि श्रीमान–श्रीमतीबीच विकसित हुने प्रेमको कथा भन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?