News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'किन लाग्छ माया' को पहिलो गीत 'धौले संसार' लोक शैलीमा सार्वजनिक गरिएको छ।
- कुबेर तामाङ निर्देशित फिल्म सन् २०२६ भित्र प्रदर्शन हुने जनाइएको छ।
- फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौं । फिल्म ‘किन लाग्छ माया’ को पहिलो गीत सार्वजनिक गरिएको छ । कुबेर तामाङ निर्देशित फिल्मको प्रदर्शन सन् २०२६ भित्र हुने जनाइएको छ ।
सार्वजनिक ‘धौले संसार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ । पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’ को स्वरमा गीत सजिएको छ ।
आशबहादुर तामाङको शब्द रहेको गीतमा सुनुवारको संगीत छ । गीतको भिडियोलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका हुन् । भिडियोमा कलाकार सञ्जित भण्डारी, जाह्न्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउँवाला गौतमको साथमा नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य हेर्न सकिन्छ ।
गीतको भिडियोलाई कोरियोग्राफरले आकर्षक बनाएका छन् । फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारीको पनि अभिनय छ ।
सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । खड्गीको एक्सन निर्देशन रहेको फिल्ममा रामशरण उप्रेती र रामकुमार केसीको डीओपी, बनिश शाह र नविन चौधरीको सम्पादन, रामकाजी घिमिरेको पटकथा र संवाद, स्याडो रियलको कथा र शब्द छ ।
फिल्मले दाजुभाइको कथा भन्छ । फिल्मले दर्शकको मन जित्नेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।
प्रतिक्रिया 4