Comments Add Comment

मुख्यमन्त्री कार्यालयको फोहोर जलाउँदा डढेलो सल्कियो

सुरक्षाकर्मीले आगो निभाउन सकेनन्, दमकल बोलाइयो

३ फागुन, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्रीको कार्यालय परिसरमा आगलागी भएको छ । सुरक्षाकर्मीले आगो निभाउन नसकेपछि दमकल बोलाइएको छ ।

जनकपुर चुरोट कारखानाभित्र मुख्यमन्त्री कार्यालय परिसरभित्र फोहोर जम्मा गरेर जलाउन लाग्दा आगो नजिकैको जंगलसम्म फैलिएको हो ।

मुख्यमन्त्री कार्यालय परिसरमा सानो जंगल छ । जनकपुर चुरोट कारखानालाई मुख्यमन्त्री कार्यालय बनाउँदा सरसफाइ गरी धेरै फोहोर निकालिएको थियो ।

आगो निभाउन सेना खटिए पनि नसकेपछि दमकल बोलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment