Comments Add Comment

प्रदेश ४ का मुख्यमन्त्रीले लिए शपथ


४ फागुन, काठमाडौं । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।

शुक्रबार बिहान आयोजित एक समारोहका बीच उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् ।

प्रदेश ४ का एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री गुरुङले बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम थियो । तर काकी रतनकुमारी गुरुङको मंगलबार निधन भएपछि उनले अाज शपथ लिएका हुन् ।

शपथलगत्तै गुरुङले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

मुख्यमन्त्री गुरुङको सिफारिसमा एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका हुन् ।

उनले शपथ समेत लिइसकेका छन् । मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन् ।बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन् ।

तर, माओवादीले मन्त्री पठाएन । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएका कारण माओवादीले नाम पठाउन नसकेको एक नेताले बताए ।

सभामुख अधिकारीले लिए शपथ

यसैबीच, सभामुख नेत्रनाथ अधिकारीले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश नम्बर ४ मा वाम गठबन्धनबीच एमालेलाई मुख्यमन्त्री र माओवादीलाई सभामुख दिने भागबण्डा अनुसार अधिकारी बिहीबार सभामुखमा नियुक्त भएका थिए ।

यद्यपि, उपसभामुखको निर्वाचन भने फागुन ६ गतेका लागि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment