Comments Add Comment

कमल हसन पनि राजनीतिमा होमिदै

मुम्बई । दक्षिण भारतीय अभिनेता रजनीकान्तले राजनीतिमा लाग्ने घोषणा गरेको धेरै भएको छैन । अहिले उनका समकालिन अर्का अभिनेता कमल हसनले पनि तमिलनाडुका जनताका लागि भन्दै राजनीतीमा लाग्ने घोषणा गरेका छन् ।

उनी आफ्नो पार्टी र सिद्धान्तबारे केही दिनपछि विस्तृत सार्वजनिक गर्ने योजनामा रहेको बताइएको छ । हार्वर्ड विश्वविद्यालयमा एक निजी समाचार च्यानलमा दिएको अन्तरर्वाताको क्रममा उनले भनेका थिए, ‘रिलिज हुन बााकी रहेका दुई फिल्म बाहेक मेरो अरु केही छैन । त्यसैले अब चुनाव लड्छु ।’ नयाा फिल्ममा काम गर्ने कुनै योजना नरहेको उनले बताए ।

चुनावमा त हार पनि हुनसक्छ नी भन्ने प्रश्नमा हसन भन्छन्, ‘म हार्नका लागि राजनीतिमा जान लागेको होइन ।’ आफु राजनीतिमा नभए पनि अहिलेसम्म १० औ लाख निष्ठावान कार्यकर्ताको सेवा गरेको दावी गरे उनले ।

उनले यो पनि भने, ‘म इमान्दार छु । आफ्नो बैंक खातामा रकम बढाउनका लागि राजनीतिमा आएको हैन ।’ महात्मा गान्धी र जवाहारलाल नेहरुवाट प्रभावित भएको धारणा राख्ने हसनले केही राम्रो काम गर्ने चाहनाले राजनीतिमा आउन लागेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment