+
+
Shares

देउवाले आज बालुवाटार छाडे

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ४ गते १३:५७


४ फागुन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाडेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेको भोलिपल्ट देउवाले सरकारी निवास छाडेका हुन् ।

देउवाले दिउँसो एक बजेपछि निवास छाडेका हुन् । बालुवाटारस्थित निवासबाट देउवाले धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकेका थिए ।

०७४ जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा असार ५ गते बालुवाटार सरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?