+
+
Shares

प्रदेश ६ को उपसभामुखमा पुष्पा घर्ती निर्बिरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ४ गते १५:१७

४ फागुन, काठमाडाैं ।  प्रदेश ६ को उपसभामुखमा सांसद पुष्पा घर्ती मगर निर्बिरोध चयन भएकी छन् ।

वाम गठबन्धनको भागबण्डामा माओवादीको भागमा परेको उपसभामुखमा माओवादीबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उपसभामुखका लागि अरु कसैको पनि उमेदवारी नपरेकोले पुष्पा निर्बिरोध भएकी छन् । उपसभामुखका लागि माओवादीबाट आकांक्षा देखाएकी कृष्णा शाहले पनि समर्थन गरेपछि पुष्पा सर्बसम्मत बनेकी हुन् ।

सुर्खेतबाट समानुपातिक सांसद बनेकी घर्ती मगर माओवादी केन्द्रको पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?