Comments Add Comment

अष्ट्रेलियाले बनायो नयाँ रेकर्ड


४ फागुन, काठमाडौं । अष्ट्रेलियाले त्रिदेशीय श्रृङ्खलामा न्यूजिल्याण्डमाथि ५ विकेटको कीर्तिमानी जित हात पारेको छ ।

अकल्याण्डमा जितका लागि घरेलु टोली न्यूजिल्याण्डले २४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई अष्ट्रेलियाले सात बल बाँकी छँदै मात्र ५ विकेट गुमाएर भेट्टायो ।

१९ औं ओभरको पाँचौं बलमा एरोन फिन्चले छक्का हान्दै अष्ट्रेलियाको स्कोर २४५ रन पुर्‍याएका थिए ।

यो टी-२० क्रिकेटमा कुनै पनि टिमले भेट्टाएको ठूलो स्कोर हो । यसअघि यो रेकर्ड भारतको नाममा थियो । भारतले २७ अगष्ट २०१६ मा वेष्ट इण्डिजले दिएको २४४ रनको लक्ष्य भेट्टाएको थियो ।

अष्ट्रेलियाका डासी सर्टले ७६ रन बनाए भने डेभिड वार्नरले ५९ रनको योगदान दिए । फिन्च ३६ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर २४३ रन बनाएको थियो । उसका ओपनर मार्टिन गुप्टिलले १०५ रन बनाए । उनले ४९ बलमा शतक पुरा गरेका थिए ।

कोलिन मु्नरोले ७६ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment