Comments Add Comment

पोखरामा फागुन १८ गते ४ देशका रेस्लर भिड्ने

४ फागुन, पोखरा । पोखरामा फागुन १८ गतेदेखि अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा पोखरा रंगशालास्थित बहु उद्देश्यीय कभर्ड हलमा प्रतियोगिता हुनेछ ।

नयाँ खेलाडी उत्पादन गर्ने र पोखरेलीलाई रेस्लिङको अन्तर्राष्ट्रिय स्तरको मज्जा दिलाउने उद्देश्यले प्रतियोगिता गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा खेल्ने रिङ र लाइटिङको व्यवस्था हालसम्मकै उच्च स्तरको रहने आयोजकको दाबी छ । प्रतियोगितामा नेपाल, भारत, रसिया र अमेरिकाका एक दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल रिङ रेस्लिङ संघका अध्यक्ष सुनिता थापाका अनुसार प्रतियोगितामा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील रिङमा उत्रिनेछन् । त्यस्तै नेपालको तर्फवाट नुवाकोटे टाइगर, ठाकु, डेभिड, साइन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।

संघकी महासचिव सुवर्ण श्रेष्ठका अनुसार प्रतियोगितामा रसियाकी मेफिस्तो तथा साथमा नेपाली महिला रेस्लर दिलासाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालकी पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदीप पाण्डे रेप|mीका रुपमा रहने आयोजकले जानकारी दिएको छ । नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेज र पोखरामा खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको रहेको संघकी अध्यक्ष सुनिता थापाले बताइन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले यस प्रकारका प्रतियोगिताले पोखरा नगरलाई खेलकुद नगरीको रुपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा प्रवेशका लागि ३ सय ५ सय र १ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment