Comments Add Comment

प्रदेश ५ः उपसभामुखको मनोनयन आज

प्रदेश ६ ले आज उपसभामुख पाउने


५ फागुन, बुटवल । प्रदेश ५ मा उपसभामुखको उम्मेदबारी दर्ता आज हुँदैछ ।

भोलि हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

उम्मेदवारी प्रदेशसभा भवनमा मनोनयन हुदैछ ।

संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो ।

उपसभामुखमा एमालेका तर्फबाट महिला सांसदले उम्मेद्वारी दर्ता गर्नेछन् । सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक प्रावधान अनुसार, एमालेले कृष्णी थारुलार्इ उपसभामुख बनाउने निर्णय गरेकाे थियाे ।  यसअघि दाङकी धमकली थारू चाैधरीकाे नाम समेत उपसभामुखकाे चर्चामा रहे पनि एमालेले पूर्वकम्लरी कृष्णीलार्इ उपसभामुख बनाउने भएकाे हाे ।

यसैबीच, प्रदेश ६ काे उपसभामुख अाज चयन हुँदैछ । शनिबार बस्ने प्रदेशसभा बैठकले उपसभामुख  चयन गर्नेछ ।

उपसभामुखमा माअाेवादी केन्द्रकी पुष्पा घर्तीकाे एकल उम्मेदवारी परेकाले उनलार्इ अाज बस्ने प्रदेशसभा बैठकले निर्विराेध निर्वाचित गर्नेछ ।

प्रदेश ६ काे सभामुखमा भने माघ २९ गते एमालेका राजबहादुर शाही चयन भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment