Comments Add Comment

योजना आयोग उपाध्यक्ष वाग्ले राजीनामाको तयारीमा


७ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको खण्डमा आजै राजीनामा दिने उनले बताए ।

गत साउन १९ गते उपाध्यक्षमा नियुक्त भएका वाग्लेको कार्यकाल साढे ६ महिनाको रह्यो । काँग्रेस नेतृत्वको सरकार गठनसँगै वाग्ले उपाध्यक्षमा नियुक्त भएका थिए । राजनीतिक नियुक्ति रहने यो पदमा सो अघि माओवादी नेतृत्वको सरकारबाट डा. मिनबहादुर श्रेष्ठ उपाध्यक्ष थिए । कांग्रेस र माओवादीले आलो पालो सरकार सञ्चालन गरेसँगै उपाध्यक्षमा पनि आलोपालो राजनीतिक नियुक्ति भएको थियो ।

डा. वाग्लेको समयमा आयोगले बाढि प्रभावितहरुको निड एसेसमेन्ट सर्भे र एमपीआई सूचकको माध्मबाट गरीबीको दरको मूल्यांकन सुरु गरेको छ । गरीबीको मूल्यांकनको यहि विधि आगामी दिनमा पनि प्रचलनामा रहने बताइएको छ ।

मुलुक संघीयतामा गएसँगै हाल राष्ट्रिय योजना आयोगको पनि पुनरसंरचनाका बहसहरु चलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment