+

इंग्ल्याण्ड २ रनले विजयी, तर न्यूजिल्याण्ड फाइनलमा

२०७४ फागुन  ६ गते १५:४२ २०७४ फागुन ६ गते १५:४२
इंग्ल्याण्ड २ रनले विजयी, तर न्यूजिल्याण्ड फाइनलमा


६ फागुन, काठमाडौं । त्रिदेशीय श्रृङ्खलामा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २ रनले हराएको छ । तर, फाइनलमा भने किवी टोली पुगेको छ ।

इंल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।

उसका लागि मार्टिन गुप्टिलले ६२ र कोलिन मुन्रोले ५७ रन बनाउँदा मार्क च्यापम्यानले ३७ रनमा अविजित रहे । लामो समय हङकङबाट खेलेका च्यापम्यानले हालै मात्र न्यूजिल्याण्डबाट डेब्यू गरेका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले इयान मोर्गानको अविजित ८० रनको मदतमा २० ओभरमा ७ विकेट गुमाएर १९४ रन बनाएको थियो । उसका डेविड मलानले ५३ र जेसन रोयले २१ रन जोेडे ।

यो जितसँगै इंग्ल्याण्ड अंकविहीन हुनबाट जोगियो । न्यूजिल्याण्ड र इंग्ल्याण्डको समान २-२ अंक भए पनि रन रेटमा घरेलु टोली अगाडि रहृयो र फाइनलमा स्थान बनायो ।

इंग्ल्याण्ड क्रिकेट न्यूजिल्याण्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय